एउटा पदयात्रा

 

राखनधरनको पुरानो झुत्रो झोलामा

थोत्रो र थङ्नो लुगा राखफार गरी

मन भित्रको क्यान्भासमा चित्र कोरी

हिड्यो अल्लारे अन्नपूर्णको मेखलामा !!!

 

भङ्खालो साँघुरो सोरोदार बाटोमा

डरले भयभीत र डगमगाई

हिमलुग हिमालको चिसो खाई

उ पुग्यो हिमालपारीको सहरमा !!!

 

उ हिड्यो अन्नपूर्णको काखमा खेल्दै

कालापत्थरमा हिउँ देख्दा रमाउदै

माच्छापुच्छेलाई पछाडी र्पदै

भेटने जति सबैलाई मितेरी गाँस्दै !!!

                

भकले उ त अलमस्त आफै

आडिलो आफनै आड उसकै

फेदी उनै भन्जयाङ तिनै

केबल रमाएको मन भिन्नै !!!

 

बिहानी घामको किरणमा

सुन जस्तै चहकिलो हिमालको फेदीमा

उत्सुक उत्कण्ठा उत्साही भावनामा

उ पुग्यो थोराङ्ला पिकमा !!!

 

हर्षबदाईँ र्गदै, उ ओरलो लाग्यो

थाहै नपाई घरल्याङगुरलुङग लड्यो

अघि गँसेको मितेरीले साहारा दियो

जे जसरी विश्वेश्वरको देवागार उ पुग्यो !!!

 

अन्नपूर्ण पदयात्राको प्रमोह उसलाई

साँचेको छ जोश र्अको चोटीलाई

बटुलेको छ सम्झाना अफैलाई

केबल कथान र कविता अरूलाई !!!

 

 

View anush's Full Portfolio